सम्बद्ध सबैमा हार्दिक धन्यवाद तथा आभार ।

मिति २०८०-११-०५ गते ग्रीन हिल्स एकेडेमीकाे अभिभावक दिवस कार्यक्रममा व्यस्त समयका वावजुद उपस्थित प्रमुख अतिथि एन प्याव्सन केन्द्रिय अध्यक्ष सुवास न्याैपाने सर, विशिष्ठ अतिथि तारकेश्वर नगरपालिका वडा नं २ अध्यक्ष एवम् नगर प्रवक्ता राधाकृष्ण खड्गी ज्यू, अतिथि गण एन प्याव्सन तारकेश्वर नगरसमिति अध्यक्ष गाेविन्द भट्ट सर , समाजसेवी श्रीराम थापा ज्यू, समाजसेवी रविन्द्र के.सी. ज्यू , अभिभावक प्रतिनिधि रामबाबु फुयाँल ज्यू, अभिभावक प्रतिनिधि एञ्जिला कार्की ज्यू, विद्यालयका डाइरेक्टर द्वय कृष्ण श्रेष्ठ सर तथा सुमन फुयाँल सर, उपस्थित आदरणीय अभिभावक ज्यू , पत्रकार ज्यू विद्यालयका सहायक प्र.अ राजु भण्डारी सर, इ सि ए काेअर्डिनेटर श्रीराम फुयाँल सर , प्राेग्राम काे अर्डिनेटर पवित्रा पुरी म्याम , कार्यरत सम्पूर्ण विभिन्न तह तप्काका शिक्षक तथा कर्मचारीहरु ,विद्यालयबाट एस एल सी उत्तीर्ण भइ राष्ट्र सेवाकाे विभिन्न तह तप्कामा पुग्न सफल सम्मानित पूर्व विद्यार्थी ज्यूहरु, विद्यार्थी भाइबहिनीहरु सबैमा आजकाे कार्यक्रम सभ्य र भव्य ढंगबाट सम्पन्न गर्न आ आफ्नाे क्षेत्रबाट पुर्याउनुभएकाे भूमिका र याेगदानका लागि विद्यालय परिवारकाे तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछाै ।

राजेश्वर प्रसाद यादव

प्रिन्सिपल

तथा

ग्रीन हिल्स एकेडेमी परिवार

Scroll to Top